दफा ११५
सवारीको गति निर्धारण
(१) विभागले कुनै सार्वजनिक स्थानका सम्बन्धमा सवारी चलाउने गति निर्धारण गर्न आवश्यक देखेमा सो स्थानमा सवारीको गति निर्धारण गरी सो भन्दा बढी वेगमा सवारी चलाउन निषेध गर्न सक्नेछ । यसरी गति निर्धारण गरिएको स्थानमा सो निर्धारित गतिभन्दा बढी वेगले सवारी चलाउन हुँदैन ।
(२) उपदफा (१) बमोजिम गति निर्धारण गरी बढी वेगमा सवारी चलाउन निषेधित सार्वजनिक स्थानमा निर्धारित गति सम्बन्धी सूचना वा सङ्केत विभागले टाँस्न वा जडान गर्न लगाउनु पर्छ ।
(३) दमकल, एम्बुलेन्स तथा बिरामी लैजाने कामको सिलसिलामा चलाइएको सवारीको हकमा उपदफा (१) लागू हुने छैन ।
तर त्यस्तो सवारीले सडकमा हिड्ने बटुवा तथा अन्य सवारीलाई सचेत गर्नको निम्ति विशेष किसिमको ध्वनी तथा बत्तीको प्रयोग गर्नु पर्छ ।