दफा २३
सवारीको जाँचबुझको लागि मापदण्ड तोक्न सकिने
(१) कुनै सवारी चलाउन सकिने स्थितिमा छ छैन भन्ने कुराको जाँचबुझ गरी यकिन गर्न देहायका कुराहरूका सम्बन्धमा नेपाल सरकारले आवश्यक मापदण्ड निर्धारण गरी तोक्न सक्नेछः–
(क) सवारीको यान्त्रिक स्थितिको सम्बन्धमा ।
(ख) सवारीको लम्बाई, चौडाई, उचाई, बनौट वा स्वरूपको सम्बन्धमा ।
(ग) सवारीबाट हुन सक्ने प्रदूषणको सम्बन्धमा ।
(घ) सवारी चलाउन सकिने अवधिको सम्बन्धमा ।
(२) कुनै सवारी चलाउन सकिने स्थितिमा छ वा छैन भन्ने कुराको जाँचबुझ गरी सक्षमताको प्रमाणपत्र दिंदा वा जाँचपास गर्दा अधिकार प्राप्त अधिकारीले उपदफा (१) बमोजिम तोकिएको मापदण्डका अधीनमा रही जाँचबुझ गर्नु पर्छ ।