दफा १२२
सवारीलाई खतरा हुने किसिमबाट राख्न नहुने
(१) कुनै पनि सवारी अरू कुनै सवारी वा व्यक्तिलाई खतरा, बाधा वा असुविधा हुने गरी कुनै सार्वजनिक स्थानमा राख्न हुँदैन ।
(२) कुनै सवारी चलाउँदा चलाउँदैको अवस्थामा बिग्रिएमा त्यस्तो सवारी तत्काल अन्यत्र लान सकिने स्थिति नभएमा दुर्घटना नहुने किसिमबाट सडकको बायाँ किनारा लगाई राखी रात्रीको समयमा त्यस्तो सवारीलाई अन्य सवारीले टाढैबाट देख्न सक्ने गरी रातो बत्ती वा रिफ्लेक्टर लगाई राख्नु पर्छ ।