दफा १२
सहकारी बैङ्कको गठन
: (१) संस्था वा सङ्घको बचत स्वीकार गर्ने, त्यस्तो संस्था वा सङ्घलाई ऋण प्रवाह गर्ने वा बैङ्किङ्ग सेवा उपलब्ध गराउने उद्देश्य लिई सस्था वा सङ्घ आपसमा मिली नेपाल राष्ट्र बैङ्कको पूर्व स्वीकृति लिई सहकारी बैङ्कहरू गठन गर्न सक्नेछन्।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ भएको बखत सञ्चालनमा रहेको राष्ट्रिय सहकारी बैङ्क यसै ऐन बमोजिम गठन भएको मानिनेछ ।
(३) सहकारी बैङ्कहरूको गठन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।