नियम ३९
सहभागिताको सुनिश्चितता
बाल सुधार गृहले बालबालिका माथि प्रभाव पर्ने देहाय बमोजिमको विषयमा निर्णय गर्दा वा कार्यक्रम तर्जुमा गर्दा बालबालिकाको सहभागिता सुनिश्चित गर्नुको साथै त्यस्ता बालबालिकाको धारणालाई नीति वा कार्यक्रममा समावेश गर्ने समेत व्यवस्था गर्नु पर्नेछ:-

(को बालसंरक्षण मापदण्डको तर्जुमा तथा अद्यावधिक गर्दा र सो सम्बन्धी अन्य निर्णय गर्दा,

(ख) ८ बालबालिकाको विकास तथा पुनर्स्थापना सम्बन्धी योजना बनाउँदा र सोको कार्यान्वयन गर्दा,

(ग) बाल सुधार गृहभित्र र बाहिर सञ्चालन गरिने आयोजना, खेलकुद र मनोरञ्जन सम्बन्धी कार्ययोजना र कार्यक्रम निर्माण गर्दा,

(घ) बाल सुधार गृहमा खानाको सूची निर्माण गर्दा ।