नियम १८
सहयोग गर्नु पर्ने
नेपाल सरकारलाई सरोकार पर्ने आफ्नो कार्यक्षेत्रभित्रको मुद्दा दायर गर्न वा बहस पैरवी गर्न यस नियमावलीबमोजिम अरु नै सरकारी वकील विशेष तवरले खटिएमा निजलाई सहयोग गर्नु पुनरावेदन सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ता वा जिल्लान्यायाधिवक्ता वा जिल्ला सरकारी वकील कार्यालयका जिल्लान्यायाधिवक्ताको कर्तव्य हुनेछ ।