नियम ३८
सहयोग लिन “सक्ने
: (१) अनुसन्धान अधिकारीले कसूरको अनुसन्धान तथा दिशान्तरको क्रममा, सरकारी वकिलले दिशान्तरको क्रममा तथा बाल अदालतले मुद्दाको कारवाही, दिशान्तर,“ सुनुवाइ र किनाराका क्रममा स्थानीय तह, प्रहरी, स्थानीय प्रशासन, बाल न्याय वा बाल अधिकारको क्षेत्रमा कार्यरत सामाजिक तथा गैरसरकारी सङ्घ संस्था समेतको सहयोग माग गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम माग भएको सहयोग उपलब्ध गराउनु सम्वन्धित सवैको कर्तव्य हुनेछ ।