नियम
सहायक नाम दर्ता अधिकारी नियुुक्त गर्न वा तोक्न सक्ने
(१) आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्न र सो सम्बन्धमा आवश्यक अन्य सबै काम गर्नका लागि प्रत्येक गाउँ विकास समिति र नगरपालिकाको वडामा आवश्यकता अनुसार सहायक नाम दर्ता अधिकारी नियुक्त गर्न वा तोक्न सक्नेछ ।
(२) सहायक नाम दर्ता अधिकारीको कार्यालय सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको सम्बन्धित वडा कार्यालयमा रहनेछ ।
तर कुनै नगरपालिकाको वडा कार्यालय नरहेको अवस्थामा नगरपालिकाको कार्यालयमा नै सहायक नाम दर्ता अधिकारीको कार्यालय रहनेछ ।