दफा १५
सहुलियत तथा सुविधा प्रदान गर्न सक्ने
वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्ने कुनै उद्योग, व्यवसाय, प्रविधि वा प्रकृयालाई प्रोत्साहित गर्न प्रचलित कानून बमोजिम प्रदान गरिएको सहुलियत तथा सुविधाको अतिरिक्त नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिमका थप सहुलियत तथा सुविधा प्रदान गर्न सक्नेछ ।