नियम ३३
साइस्मिक सर्भेक्षण
: (१) साइस्मिक सर्भेक्षण सम्बन्धमा ठेकेदारले देहायका कुराहरू विभागमा पेश गर्नु पर्नेछ :
(क) स्रोत तथा सङ्कलन ढाँचाको रेखा चित्रण (प्याटर्न डाइग्राम) ।
(ख) साइस्मिक सर्भेक्षणमा प्रयोग भएको उपकरणका विवरण ।
(ग) सर्भेक्षणमा प्रयोग भएको स्थायी चिन्हहरू अङ्कित मान १ः५०,००० को नक्शाहरू ।
(घ) पारदर्शी र कागजी प्रिन्टमा ठेकेदारले बेग्लै मान प्रयोग गरेको अवस्थामा सो मान तथा मान १ः५०,००० र १ः२५,००० को विष्फोटन स्थान (शट प्वाइन्ट) अङ्कित नक्शाहरू ।
(ङ) स्रोत तरङ्कको विशेषताको विश्लेषण ।
(च) वेदरिङ प्रोफाइल ।
(छ) चुम्बकीय फिल्ड टेपहरू र अन्तिम प्रशोधन टेपहरूको साथै पुन प्रशोधन गरिएको टेप पुन विवेचना गर्न वा इनारको स्थान यकीन गर्नको लागि प्रयोग गरिएको अवस्थामा त्यस्तो पुन प्रशोधित टेपहरू ।
(ज) पारदर्शी र कागजी प्रिन्टमा प्रति सेकेन्ड दश सेन्टिमिटर तथा प्रति सेकेन्ड पाँच सेन्टिमिटर ठाडो मानको प्रशोधित तथा प्रशोधित साइस्मिक सेक्सनहरू ।
(झ) ठेकेदारले विवेचना गरेको र पुन विवेचना गरेको साइस्मिक सेक्सनका प्रतिहरू ।
(ञ) प्रत्येक विष्फोटन स्थानहरू (शट प्वाइन्टस्) वा ठेकेदारले निश्चित गरेको इन्टरभल भेलोसिटी तथा भेलोसिटी विश्लेषण ।
(ट) ठेकेदारले विबेचना गरेको प्रत्येक सतह (होराइजन) को मोटाई, बनावट फेसिज, वातावरण, भू–रसायनिक परिपक्वता सहितको साइस्मिक विवेचना तथा ठेकेदारले आफ्नो अध्ययनको समयमा तयार पारेको अन्य विवेचित नक्शाहरू ।
(ठ) ठेकेदारले प्रयोग गरेको मानको साथै मान १ः२५,००० मा खण्ड (ञ) तथा (ट) अन्तर्गत तयार पारिएका नक्शाहरू ।
(२) खण्ड (क), (ख), (ग), (घ), (ङ), (च), (छ), (ज) र (झ) अन्तर्गतका प्रतिवेदनहरू साइस्मिक प्रोफाइलहरू प्राप्त भएपछि यथाशक्य छिटो र साइस्मिक प्रोफाइलको विवेचना समाप्त भएपछि त्यसको साठी (६०) दिनभित्र पेश गर्नु पर्नेछ ।
(३) खण्ड (ञ), (ट) र (ठ) अन्तर्गतका प्रतिवेदनहरू विवेचना कार्य पूरा भएको नब्बे (९०) दिनभित्र पेश गर्नु पर्नेछ ।