दफा ११
साक्षी परीक्षण र बन्द सवाल जारी गर्न अनुरोध गर्न सक्ने
(१) कुनै न्यायिक कारबाहीको सिलसिलामा विदेशमा रहे बसेको कुनै व्यक्तिलाई साक्षीको रुपमा बुझ्नु पर्ने देखिएमा र त्यस्तो व्यक्ति नेपालमा आउन नचाहेमा वा नसक्ने भएमा त्यस्तो व्यक्तिलाई विदेशी राज्यको अदालतबाट साक्षीको रुपमा बुझ्न अदालतले आदेश गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम साक्षी परीक्षणको लागि आदेश गरिएकोमा त्यस्तो साक्षी विदेशी राज्यको अदालतमा उपस्थित हुन नसक्ने भएमा अदालतले बन्द सवालको माध्यमद्वारा साक्षी परीक्षण गर्न आदेश दिन सक्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित पक्षको अनुरोध बमोजिम अदालतले साक्षी परीक्षण र बन्द सवालको आदेश एकैपटक गर्न सक्नेछ ।
(४) कुनै साक्षी अति वृद्ध अवस्था वा शारीरिक अस्वस्थताको कारणले विदेशी राज्यको अदालतमा उपस्थित हुन नसक्ने वा कुनै साक्षी विदेशमा रहे बसेको कारण नेपालको अदालतमा उपस्थित हुन नसक्ने भई अदालतले त्यस्तो साक्षीलाई श्रब्य–दृश्य सम्वाद (भिडियो कन्फरेन्स) को माध्यमबाट परीक्षण हुन मनासिव देखेमा श्रब्य–दृश्य सम्वादको माध्यमबाट साक्षी परीक्षण गर्न आदेश दिन सक्नेछ ।
(५) यस दफा बमोजिम आदेश भएकोमा अदालतले केन्द्रीय अधिकारी समक्ष लेखी पठाउनु पर्नेछ ।