नियम १९
साक्षी बकाउने
: -(१) तारेखको दिन हाजिर रहेका पक्ष विपक्षस“ग साक्षीको नामावली
लिई मिसिलसाथ राखी बकपत्र गराउनका लागि इजलास सहायकले इजलास
समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम साक्षीको वकपत्र गराउ“दा सदस्यको रोहवरमा
मात्र वकपत्र गराउनुपर्नेछ ।
(३) उपनियम (२) बमोजिम साक्षीकोबकपत्र गराउदा साक्षीको परिचय खुल्ने-
परिचयपत्रको प्रतिलिपि मिसिल संलग्न गर्नु पर्नेछ ।
(४) यस नियम बमोजिम साक्षी बुभ्न तोकिएको दिन अपरान्ह १.०० बजेसम्म
पनि अर्को पक्ष उपस्थित नभए उपस्थित पक्षको साक्षीको बकपत्र गराउने कार्य रोक्नु
हुँदैन ।
(५) साक्षीको बकपत्र गराउँदा निज साक्षीले कुनै खास प्रकारको हाउभाउ
देखाएमा वा अस्वभाविक मानवीय कृयाकलाप प्रदर्शन गरेमा सो कुरा सदस्यले
बकपत्रमा जनाई सही गरी राख्नु पर्नेछ ।
(६) साक्षीको बकपत्र गराउ“दा कुनै साक्षीलाई अनुचित, असम्बद्ध वा वेइज्जत
गर्ने वा झिझ्याउने किसिमको प्रश्न सोधिएकोमा प्रतिवादी तर्फबाट आपत्ति
नगरिएको अवस्थामा पनि सदस्य आफैले त्यस्तो प्रश्न सोध्न मनाही गर्नु पर्नेछ ।
(७) प्रतिवादीको उपस्थिति वा अन्य कुनै मनासिव कारणले कुनै साक्षीलाई
बकपत्र गर्न अनुचित दवाव परेको वा दवाव पर्ने प्रवल सम्भावना छ भन्ने कुरा
न्यायाधिकरणलाई लागेमा त्यस्तो प्रतिवादीको उपस्थितिलाई अप्रत्यक्ष तुल्याउने, निज
प्रतिवादीको कानून व्यवसायी वा निजले रोजेको मानिसको रोहवरमा बकपत्र गराउने
गरी न्यायाधिकरणले आवश्यक व्यवस्था मिलाउन सक्नेछ ।