नियम १८
साक्षी बुझ्ने
(१) अभियोगपत्रमा वा प्रतिवादीको बयानमा साक्षीको उल्लेख भएमा
प्रतिवादीको बयान लिई सकेपछि अदालतबाट साक्षी वकाउने तारेख तोकेको दिन
सम्बन्धित पक्षले साक्षी बकाई पाउँ भनी निवेदन गरेमा न्यायाधिकरणले त्यस्तो
साक्षीको बकपत्र गराउनु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै साक्षी मुलक
बाहिर जानु पर्ने भै तोकिएको समयमा उपस्थित हुन नसक्ने मनासिब माफिकको
कारण देखाई न्यायाधिकरण समक्ष लिखित अनुरोध गरेमा न्यायाधिकरणले तत्काल
साक्षीको बकपत्र गराउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम निवेदन परेमा रजिष्ट्रारले साक्षीको नाउ“मा
न्यायाधिकरणमा उपस्थित हुने दिन तोकी सात दिनको म्याद पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको साक्षीलाई न्यायाधिकरण समक्ष उपस्थित
गराउने दायित्व सम्बन्धित पक्षको हुनेछ ।
(५) उपनियम (४) बमोजिम तोकिएको तारेखमा उपस्थित नहुने साक्षीको
वकपत्र हुने छैन ।
(६) उपनियम (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि मुद्दामा नवुझी
नहुने साक्षीको हकमा मुलुकी ऐन अदालती वन्दोवस्तको ११५ नं. बमोजिम म्याद
जारी गरी साक्षी वुझ्न सकिनेछ ।