दफा २४ख
साझेदारी वनको कार्ययोजना
: (१) साझेदारी वनको व्यवस्थापनको लागि डिभिजन वन कार्यालयले तोकिए बमोजिम कार्ययोजना तयार गरी स्वीकृतिको लागि निर्देशनालय मार्फत प्रदेश मन्त्रालयमा पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम पेश भएको कार्ययोजनामा कुनै हेरफेर गर्न आवश्यक देखेमा प्रदेश मन्त्रालयले त्यस्तो कार्ययोजना निर्देशनालयमा फिर्ता पठाउन सक्नेछ र निर्देशनालयले आफ्नो राय सहित आवश्यक हेरफेर गरी पठाएपछि सो कार्ययोजना विभागले स्वीकृत गर्नेछ ।
(३) उपदफा (२) बमोजिम स्वीकृत भएको कार्य योजना डिभिजनल वन अधिकृतले लागू गर्नेछ ।