नियम ६६
साधक जाँच सम्बन्धी व्यवस्था
(१) प्रचलित कानून बमोजिम साधक जाँच गर्नु पर्ने मुद्दामा सम्बन्धित अदालतले फैसला भएको पैतीस दिनभित्र मिसिल सहित अदालतमा साधक जाँच गर्न पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम साधक जाँच गर्न पठाउँदा पुनरावेदनको म्याद दिनु पर्ने सबै वादी वा प्रतिवादीलाई पुनरावेदनको म्याद जारी गरी तामेली म्याद समेत मिसिल संलग्न गरेको हुनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम साधक जाँच गर्न पठाउँदा अभियुक्त थुनामा रहेको वा फरार रहेको बेहोरा र थुनामा रहेको भए थुनामा रहेको मिति तथा कारागारको नाम समेत खुलाउनु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम साधक जाँचको लागि अदालतमा लेखी आएमा सो उपर आवश्यक जाँच गरी सम्बन्धित रजिस्ट्रारले सो साधक दर्ता गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम जाँच गर्दा कुनै वादी वा प्रतिवादीलाई पुनरावेदनको म्याद दिन बाँकी रहेको देखिएमा त्यस्तो वादी वा प्रतिवादीलाई पुनरावेदनको म्याद जारी गर्नु पर्नेछ ।
(६) साधक जाहेर भएको मुद्दामा कसैको पुनरावेदन परेमा निजको हकमा साधकको लगत कट्टा गरी पुनरावेदनको रोहबाट मुद्दाको कारबाही र किनारा गर्नु पर्नेछ ।
(७) उपनियम (२) वा (५) बमोजिम पुनरावेदनको म्याद जारी भएकोमा त्यसरी पुनरावेदन गर्ने म्याद बाँकी छँदै अदालतले साधक मुद्दा फैसला गर्नु हुँदैन ।
(८) साधक जाँच गर्दा तल्लो अदालतको इन्साफ परिवर्तन गर्नु पर्ने देखिएमा अदालतले त्यसको कारण उल्लेख गरी सम्बन्धित पक्षलाई झिकाउनु पर्नेछ ।
(९) साधकको कारबाही र किनारा गर्दा अदालतले आवश्यक ठानेमा पक्षको तर्फबाट बहस पैरबी गर्न वैतनिक कानून व्यवसायी नियुक्त गर्न सक्नेछ ।
(१०) कुनै पक्षलाई उपनियम (२) वा (५) बमोजिम पुनरावेदनको म्याद जारी नभएको वा बेरीतपूर्वक जारी भएको कारण कुनै पक्षले साधकको रोहबाट मुद्दा फैसला भएपछि पुनरावेदन पत्र दर्ता गर्न ल्याएमा र सो सम्बन्धमा आवश्यक जाँच गर्दा बेहोरा मनासिब देखिएमा सो पुनरावेदन पत्र दर्ता गरी पूर्ण इजलासबाट कारबाही र किनारा गरिनेछ ।