नियम ३७
साधारण निर्माणमुखी खनिज पदार्थको अनुमतिपत्र दिन
-
(१) नियम ३६ बमोजिम सहमति प्राप्त भएमा जिल्ला विकास समितिले अनुसुची–१३ बमोजिमको ढा“चामा अनुसूची–४ बमोजिमको दस्तुर लिई निवेदकलाई साधारण निर्माणमुखी खनिज पदार्थको अनुमतिपत्र दिनेछ ।
(२) उपनियम (१) बमोजिम अनुमतिपत्र दिए वापत जिल्ला विकास समितिले आफूले प्राप्त गरेको आम्दानीको बीस प्रतिशत रकम विभागको राजश्व खातामा जम्मा गरी सो भौचर सहितको जानकारी विभागमा पठाउनु पर्दछ ।
(३) साधारण निर्माणमुखी खनिज पदार्थको अनुमतिपत्र प्राप्त व्यक्तिले सम्बन्धित जिल्ला विकास समितिबाट आफूले प्राप्त गरेको अनुमतिपत्र नियम ४२ बमोजिम नवीकरण गराउनु पर्नेछ ।
तर सम्बन्धित जिल्ला विकास समितिले मनासिव माफिकको कारण विना नवीकरण गरी नदिएमा सम्ब्न्धित व्यक्तिले विभाग समक्ष निवेदन दिन सक्नेछ र यसमा विभागले आवश्यक जा“चबुझ गरी नवीकरण गर्न सक्नेछ ।