नियम
साधारण राहदानी जारी गर्ने
(१) नियम ४ वा ५ बमोजिम साधारण राहदानीको लागि प्राम निवेदन जाँचबुझ गरी विभागले नेपाली नागरिकलाई साधारण राहदानी जारी गर्नेछ ।

(२) (उपनियम (१) बमोजिम जाँचबुझ गर्दा रीत नपुगोको बा आवश्यक कागजात पेश नगरेको कारण साधारण राहदानी जारी गर्न नमिल्ने भएमा बिभागले निवेदनमा सोही व्यहोरा जनाई सोको जानकारी निवेदकलाई दिनु पर्नेछ । त्यसरी साधारण राहदानी जारी हुन नसकेमा निवेदनसाथ दाखिल गरेको दस्तुर फिर्ता हुने छैन ।

(३) साधारण राहदानी विभागबाट जारी भएको मितिले एक वर्षभित्र सम्बन्धित व्यक्तिले बुझेर लैजानु पर्नेछ।- एक वर्षसम्म बुझी नलिएमा त्यस्तो साधारण राहदानी विभागले रद गर्नेछ । (४) साधारण राहदानीको लागि अनुसूची-४ बमोजिमको दस्तूर लाग्नेछ ।

(५) विभागले सामान्यतः निवेदन परेको “सातदिनभित्र साधारण राहदानी जारी गर्नेछ ।

(६) उपनियम ।५) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले सात दिनभन्दा अगावै राहदानी जारी गराउन चाहेमा अनुसूची-४ बमोजिमको दस्तूर सहित विभागमा निवेदन दिएमा विभागले देहायको - अवधिमा राहदानी जारी गर्नेछः-

(क) छिटो तीन दिनमा, (ख) द्वृत दुई दिनमा, (ग) आकस्मिक एक दिनमा ।