नियम १४
साधारण राहदानी
(१) कार्यालयले नेपाली नागरिक तथा सोह्र वर्ष उमेर नपुगेका निजका सन्तानलाई साधारण राहदानी जारी गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको राहदानी जारी भएको मितिबाट दश वर्षसम्म वहाल रहनेछ ।
तर दश वर्षभन्दा कम उमेरका नाबालकको राहदानी जारी भएको मितिबाट पाँच वर्षसम्म बहाल रहनेछ ।
(३) ………
(४) ………..
(५) कार्यालयले द्रुत सेवा मार्फत साधारण राहदानी जारी गर्न सक्नेछ र यस्तो राहदानी जारी गर्दा दोब्बर दस्तुर लाग्नेछ ।
(६) विभागले आकस्मिक, दुर्त वा यसै प्रकारका अन्य विशेष सेवा दिई साधारण राहदानी जारी गर्न सक्नेछ ।
(७) उपनियम (६) बमोजिमको राहदानी वापत अनुसूची–४ मा उल्लेख भए बमोजिमको दस्तुर लाग्नेछ ।