दफा २०
साधारण सभा
: (१) संस्थानले साधारण सभामा बिक्री गर्न निष्कासित गरेको शेयर पूँजीको घटीमा ५ प्रतिशत मूल्यको शेयर सर्वसाधारण जनतामा बिक्री भई सकेपछि प्रत्येक वर्ष संस्थानको वार्षिक हिसाब बन्द भएको मितिले दुई महिनाभित्र संस्थानको प्रधान कार्यालयमा एक साधारणसभा (यस पछि वार्षिक साधारण सभा भनिएको) गरिनेछ । कम्तिमा पाँच प्रतिशत शेयरहोल्डरहरूले आफ्नोे सहिछापमा लिखित निवेदन गरेमा वा समितिले आवश्यक ठहराएमा अरू कुनै समयमा पनि
संस्थानको विशेष साधारण सभा गरिनेछ ।
(२) कम्तिमा एक तिहाई शेयरहोल्डर आफै वा प्रतिनिध उपस्थित नभई साधारणसभाको गणपूरक संख्या पूरा भएको मानिने छैन । सो गणपूरक संख्या नपुगी दोस्रो पटक बोलाइदा भने ६ खण्ड शेयर होल्डरहरूको उपस्थित भए गणपूरक संख्या पुगेको मानिनेछ । तर दोस्रो पटक पनि लेखिए बमोजिम पुग्न सकेन भने सोही व्यहोरा नेपाल सरकारमा पेश गरी निकासा भए बमोजिम हुनेछ ।
(३) वार्षिक साधारण सभामा उपस्थित शेयरहोल्डरहरूले संस्थानको वार्षिक हिसाब तथा लाभहानीको खाता, त्यस उपर लेखापरीक्षकको प्रतिवेदन (अडिटरहरूको प्रतिवेदन) र संस्थानको वर्षभरिको काम सम्बन्धी समितिको प्रतिवेदन उपर छलफल गर्नेछ । वार्षिक साधारण सभाको व्यवस्था हुन नसकेसम्म ती कुराहरू नेपाल सरकारमा पेश गरिनेछ ।
(४) संस्थानको शेयरहोल्डरहरूमा नाम दरिएको प्रत्येक व्यक्तिले एक मत दिन पाउनेछ । शेयरहोल्डरहरूले साधारण सभाको बैठकमा आफैं उपस्थित नभई वा प्रतिनिधि नपठाई मत दिन पाउने छैन ।
(५) सभाको निर्णय उपस्थित भै मत दिने शेयरहोल्डरहरूको साधारण बहुमतद्वारा गरिनेछ ।