दफा
साना तथा मझौला व्यवसाय एवं विद्युतीय व्यापार (e-commerce)
१२.७.१ कृषि, पर्यटन तथा उत्पादनशील क्षेत्रहरुमा सक्रिय साना तथा मझौला व्यवसायहरुमा विद्युतीय व्यापारको प्रयोगलाई निरन्तर प्रोत्साहन गरिनेछ ।

१२.७.२ राष्ट्रिय, क्षेत्रिय तथा अन्तराष्ट्रिय स्तरमा हुने व्यापारिक कारोवारहरुमा विद्युतीय कारोबारको अवधारणालाई कार्यान्वयन गरीने छ ।

१२.७.३ नेपालमा अनलाईन पेमेन्टको विद्यमान अवस्थाको अध्ययन गरी सुरक्षित, अन्तरसक्रिय (Interoperable), सर्वसुलभ तथा अन्तराष्ट्रिय मापदण्डसंग समेत सामञ्जस्य हुने गरी भुक्तानी तथा राफसाफ प्रणाली (Payment And Settlement System) विकास गरीने छ ।

१२,७.४ सरकारी स्तरबाट हुने भुक्तानी व्यवस्थालाई समयानुकुल परिमार्जन गरिनेछ ।

१२.७.५ मोवाइल फोनलाई बित्तिय समावेशीकरण (Financial Inclusion) को एक प्रमुख माध्यमको रुपमा स्थापित गर्न आवश्यक कार्यहरु गरीने छ । यस क्रममा सम्बन्धित निकायहरुको सम्मती र सहभागितामा मोवाइल बैंकिङ सेवालाई प्रभावकारी रुपमा अघि बढाइने छ ।

१२.७.६ नेपालमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्ने स्वदेशी एवं विदेशी व्यक्ति तथा संस्थाहरूको तथ्याङ्क संकलन गरी निजहरूले गर्ने व्यवसायलाई पारदर्शी बनाइनेछ।