दफा ३९
सामाजिक सुरक्षा पाउने व्यक्तिको पहिचान
(१) यस ऐन बमोजिम सामाजिक सुरक्षा प्राप्त गर्न योग्य
व्यक्तिकोपहिचान गर्न कोषले सूचना प्रविधिमा आधारित प्रणालीको विकास गर्नेछ ।
(२) यो ऐन प्रारम्भ हुँदाका बखत सामाजिक सुरक्षा अन्तर्गतको कुनै सुविधा प्राप्त गरिरहेको
व्यक्तिलाई कोषले तोकिएको अवधिभित्र उपदफा (१) बमोजिमको सूचना प्रविधिमा आधारित प्रणालीमा
आवद्ध गर्नेछ ।