दफा
सामाजिक सुरक्षा योजना छनौट गर्न सक्ने
(१) अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका
व्यक्तिले योगदानको आधारमा कुनै एक वा एक भन्दा बढी सामाजिक सुरक्षा योजनामा सहभागी हुने
गरी छनौट गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कोषले अन्यथा व्यवस्था गरेकोमा
बाहेक कुनै पनि श्रमिक वा स्वरोजगारमा रहेका व्यक्तिलेयस ऐन बमोजिम कोषले सञ्चालन गरेको कुनै
सामाजिक सुरक्षा योजनामा सहभागी हुने र कुनैमा नहुने गरी सामाजिक सुरक्षा योजना छनौट गर्न
पाउने छैन ।