नियम १०४
सामान्य छलफल समाप्त भएपछिको कार्यविधि
(१) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सामान्य छलफल समाप्त भएपछि प्रस्तुतकर्ता सदस्यले देहायको कुनै एक प्रस्ताव प्रस्तुत गर्न  सक्नेछ ः– (क) विधेयकमाथिको दफावार छलफल सदनमा गरियोस्, वा (ख) दफावार छलफलको लागि विधेयकलाई विधायन समितिमा पठाइयोस् । (२) प्रस्तुतकर्ता सदस्यले उपनियम (१) को खण्ड (क) वा (ख) मध्ये कुनै एक प्रस्ताव पेश गरेकोमा अन्य कुनै सदस्यले सोही उपनियम बमोजिमको अर्को प्रस्ताव पेश गर्न सक्नेछ ।