नियम ९६
सामान्य सजाय दिने अधिकारी
देहायका पदमा वहाल रहेका कर्मचारीहरूलाई ऐनको दफा ८१ को खण्ड (क) बमोजिमको सजायको आदेश दिन पाउने अधिकारी देहाय बमोजिम हुनेछन् :-
९७. निलम्बन र सफाइको मौका :- (१) कुनै कर्मचारीलाई निलम्बन गर्नु परेमा सजायको आदेश दिन पाउने अधिकारीले निलम्वन पत्र र ऐनको दफा ८८ को उपदफा (१) बमोजिम सफाइ पेश गर्न लेखिएको पत्र सम्बन्धित कर्मचारीलाई दिनु पर्नेछ ।
(२) सजायको आदेश दिन पाउने अधिकारीले कुनै कर्मचारीसँग सफाइ माग गर्नु भन्दा अगावै स्वयं वा अन्य अधिकृतद्वारा नियम ९८ बमोजिम विभागीय जाँचवुझ गराइ निजको ठहर सहितको प्रतिवेदन लिन सक्नेछ ।