नियम ४०
सामुदायिक मेलमिलापको कार्यविधि
(१) मेलमिलापद्वारा विवाद समाधान गर्ने सम्बन्धमा समुदायद्वारा कुनै कार्यविधि तय गरेको भए मेलमिलापकर्ताले सोही कार्यविधि बमोजिम विवाद समाधान गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम समुदायले कुनै कार्यविधि तय नगरेको भए मेलमिलापकर्ताले पक्षहरुको सहमति अनुरुप बनाइएको कार्यविधि बमोजिम विवादको समाधान गर्नेछ ।
(३) यस परिच्छेद बमोजिम विवाद समाधान सम्बन्धी प्रक्रिया अवलम्बन गर्दा पक्षहरुको सहमति भएमा नियम ३१ को उपनियम (३), (४), (५), (६), (७) र (८) बमोजिमको कार्यविधि आवश्यक हेरफेर सहित लागू गर्न सकिने छ ।
(४) पक्षहरु बीच मेलमिलाप गराउने सम्बन्धमा लिखत खडा गर्ने, समुदायमा प्रतिवेदन पेश गर्ने, मेलमिलाप हुन नसकेमा प्रमाणपत्र दिने तथा कागजात सुरक्षित राख्ने सम्बन्धमा नियम ३२, ३३, ३४ र ३५ का व्यवस्थाहरु आवश्यक हेरफेर सहित समुदायद्वारा गरिने मेलमिलापको
सम्बन्धमा समेत लागू हुनेछन् ।