दफा २५
सामुदायिक वन सुम्पने
(१) उपभोक्ता समूहले कार्य योजना बमोजिम वनको विकास, संरक्षण, उपयोग, व्यवस्थापन गर्न तथा स्वतन्त्र रुपले वन पैदावारको मूल्य निर्धारण गरी बिक्री वितरण गर्न पाउने गरी डिभिजनल वन अधिकृतले राष्ट्रिय वनको कुनै भाग तोकिए बमोजिम सामुदायिक वनको रुपमा उपभोक्ता समूहलाई सुम्पन सक्नेछ । त्यसरी सामुदायिक वन सुम्पदा डिभिजनल वन अधिकृतले सामुदायिक वन हस्तान्तरणको प्रमाणपत्र दिनेछ ।
(२) उपदफा (१) को प्रयोजनको लागि डिभिजनल वन अधिकृतले उपभोक्ताहरुलाई परिचालन गरी तोकिए बमोजिम उपभोक्ता समूह गठन गर्न र कार्य योजना तयार गर्न आवश्यक प्राविधिक एवं अन्य सहयोग उपलब्ध गराउन सक्नेछ ।