नियम २८
सामुदायिक वनको कार्ययोजना
(१) उपभोक्ता समूहले देहायका कुराहरु समावेश गरी सामुदायिक वनको कार्य योजना तयार गर्नु पर्नेछः
(क) वनको विवरण–नाम, सिमाना, क्षेत्रफल, वनको अवस्था र वनको किसिम,
(ख) वनको नक्सा,
(ग) व्लक विभाजन र यसको विवरण– नाम, सिमाना, क्षेत्रफल, मोडहा,
भीरालोपन, माटो, वनको किसिम, मुख्य जात, उपयोगी जात, उमेर तथा
प्राकृतिक पुनरुत्पादनको स्थिति,
(घ) वन व्यवस्थापनको उद्देश्य,
(ङ) वन संरक्षणको तरिका,
(च) वन सम्बद्र्धनका कार्यहरु–थिनिङ्ग, प्रुनिङ्ग, क्लिनिङ्ग, र अन्य वन सम्बद्र्धनका
कार्यहरु,
(छ) नर्सरी, वृक्षरोपण, आयमूलक कार्यक्रम र समय तालिका,
(ज) जडिबुटी खेतीको लागि सम्भाव्य क्षेत्रको विवरण, जडिबुटीका जाति प्रजाति,
खेतीको कार्यक्रम र समय तालिका,
(झ) वन पैदावारको बिक्री वितरण र अन्य स्रोतबाट प्राप्त हुने आम्दानीको
उपयोग सम्बन्धी व्यवस्था,
(ञ) ऐनको दफा २९ बमोजिम उपभोक्ताहरुलाई हुन सक्ने सजाय सम्बन्धी
व्यवस्था,
(ट) वन्य जन्तुको संरक्षण सम्बन्धी प्रावधान,
(ठ) विभागले तोकेको अन्य विषयहरु ।
(२) उपभोक्ता समूहले सामुदायिक वनमा मुख्य वन पैदावारको घनत्व (ऋचयधल ऋयखभच) र उत्पादनमा ह्रास नआउने गरी अन्न बाली बाहेकका लामो अवधिसम्म एउटै बोटले उत्पादन दिने खालका नगदे बाली लगाउन चाहेमा सो सम्बन्धी विवरण कार्य योजनामा उल्लेख गर्नु पर्नेछ । (३) जिल्ला वन अधिकृतले यस नियम बमोजिम कार्य योजना तयार गर्न सम्बन्धित उपभोक्ता
समूहलाई अवश्यक प्राविधिक एवं अन्य सहयोग उपलब्ध गराउनु पर्नेछ ।