नियम २६
सामुदायिक वनको निर्धारण
(१) जिल्ला वन अधिकृतले राष्ट्रिय वनको कुनै भाग उपभोक्ता समूहलाई सामुदायिक वनको रुपमा सुम्पदा गाँउ वस्तीबाट जङ्गलको दूरीका साथै वन व्यवस्थापन गर्ने स्थानीय उपभोक्ताहरुकोे चाहना र व्यवस्थापन क्षमता समेतलाई ध्यान दिनु पर्नेछ ।
(२) राष्ट्रिय वन क्षेत्रभन्दा बाहिरको सार्वजनिक जग्गामा स्थानिय उपभोक्ताहरुले वा अरु कसैले रुख विरुवा लगाई रुख विरुवाको संरक्षण गरेको रहेछ भने वा स्थानिय उपभोक्ताहरुले उपभोक्ता समूह गठन गरी त्यस्तो जग्गामा स्वामित्व भएको संस्थाकोे स्वीकृति लिई सोही संस्थामा
जग्गाको स्वामित्व रहने गरी रुख विरुवा लगाउन चाहेमा जिल्ला वन अधिकृतले सो वन क्षेत्रलाई सामुदायिक वनको रुपमा मान्यता दिन सक्नेछ ।