नियम ३१
सामुदायिक वनमा गर्न नहुने काम
(१) उपभोक्ता समूहले सामुदायिक वनमा कार्य योजनाले निषेध गरेका कार्यको अतिरिक्त देहायको कुनै कार्य समेत गर्नु गराउनु हुदैन – (क) वन मास्न, सामुदायिक वनले चर्चेको जग्गा धितो बन्धकी राख्न वा अरु कुनैकिसिमले हस्तान्तरण गर्न,
(ख) खोरिया फडानी गर्न,
(ग) घर छाप्रो बनाउन,
(घ) भू–क्षय हुने कुनै काम गर्न,
(ङ) प्रचलित कानून विपरित वन्यजन्तु पक्रन वा मार्न,
(च) चट्टान, माटो, ढुंगा, गिट्टी, बालुवा आदि निकाल्न वा ओसार पसार गर्न ।
(२) उपनियम (१) को खण्ड (क) र (ग) मा जुनसुकै कुराहरु लेखिएको भए तापनि जिल्ला वन अधिकृतको स्वीकृति लिई सामुदायिक वन विकासको लागि सामुदायिक वनको वन पैदावार धितो बन्धक राखी वित्तिय संस्थाबाट ऋण प्राप्त गर्न वा सुरक्षाको लागि आवश्यक पर्ने घर वा छाप्रो बनाउन सकिनेछ ।