दफा
सार्बजनिक सेवा प्रसारण संस्थाका कार्यहरू
(१) सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यहरू देहाय बमोजिम हुनेछन्‌:-

(क) भौगोलिक अखण्डता र राष्ट्रिय एकता, सामाजिक तथा सांस्कृतिक सद्भाव कायम गर्ने, राष्ट्रिय हित र राष्ट्रियताको प्रवर्धन गर्ने, संघीय इकाइबीचको सु-सम्बन्ध अभिवृद्धि गर्ने समाचार, सूचना, सन्देश र कार्यक्रमको उत्पादन तथा प्रसारण गर्ने, (ख) विभिन्न जात, जाति, लिङ्ग, पेशा, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच सदभाव, सहिष्णुता र ऐक्यबद्धता कायम गर्ने तथा विभिन्न वर्ग, क्षेत्र र समुदायको उत्थान र विकासका लागि कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने,

(ग) सार्वजनिक सरोकार र नागरिकका आवश्यकता अनुसारको विषयमा कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने,

(घ) नागरिकको सूचनाको -हक प्रचलन गराउन मुलुकको सबै भूभागमा प्रसारणको पहुँच पुच्याउने,

(ङ) प्रसारण क्षेत्रमा भएका विकास र नयाँ प्रविधिको अधिकतम उपयोग गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत सूचना, सन्देश र मनोरञ्जन प्रदान गर्ने,

(च) / सूचना सम्प्रेषणद्वारा मुलुकको राष्ट्रभाषा, लोपोन्मुख मातृभाषा, कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्धन गर्ने,

(छ) - जनस्वास्थ्य, जनहित, वातावरण, जलवायु परिवर्तन, विपद्‌ र्‌ अन्य आपतकालीन अवस्था सम्बन्धी सूचना तथा पूर्वजानकारी प्रवाह गरी जनचेतना जगाउने, (ज) खेलकुद सम्बन्धी कार्यक्रम प्रसारण गर्ने तथा सचेतनामूलक र मनोरञ्जनात्मक ८ कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने,

(झ) ज्ञान, विज्ञान र प्रविधि प्रवर्धन गर्ने कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने,

(ज) मुलुकको समग्र विकासमा योगदान दिने खालका कार्यक्रमको उत्पादन तथा प्रसारण गर्ने,

(ट) आफूले उत्पादन, निर्माण तथा प्रसारण गरेका कार्यक्रम डिजिटल, अनलाइन तथा अन्य प्रविधिको माध्यमबाट प्रकाशन तथा प्रसारण गर्ने,

(ठ) कृषि, _उच्योग, पर्यटन र प्राकृतिक स्रोत जस्ता विषयमा खोजमूलक तथ्यहरू प्रचारमा ल्याई रोजगारमूलक कार्यक्रम प्रवर्धन गर्दै नेपालको अर्थ व्यवस्थालाई सबल बनाउन सहयोग पुच्याउने कार्यक्रम प्रसारण गर्ने,

(ड) संघीय संसद, संसदीय समिति, प्रदेश सभा, प्रदेश सभा समिति तथा गाउँ सभाका गतिविधिको सम्बन्धमा कार्यक्रम प्रसारण गर्ने, र्‌

(ढ) सरकारको सार्वजनिक नीति, निर्णय तथा काम कारबाहीका सम्बन्धमा सूचना प्रसारण गर्ने ।

(२) उपदफा (१) बमोजिम कार्यक्रम उत्पादन तथा प्रसारण गर्दा सार्वजनिक सेवा प्रसारण संस्थाले मानव अधिकारका मूल्य, मान्यता, लैङ्गिक समानता, ८ समानुपातिक समावेशीकरण तथा सामाजिक न्यायको सिद्धान्तलाई आत्मसात्‌ गर्नु पर्नेछ।