दफा १०क
सार्वजनिक सम्पत्तिको अभिलेख
:
(१) सर्भे नापी नक्साबाट वा लालमोहर, खड्ग निशाना, ताम्रपत्र, शिलापत्र वा त्यस्तै आधिकारिक लिखतबाट देखिएका सार्वजनिक जग्गा, पाटी, पौवा, सत्तल, पार्क, पोखरी, कुवा, गौचर, निकास इत्यादिका लगत प्रमुख जिल्ला अधिकारीको कार्यालयले तैयार गरी त्यसको अभिलेख राखी त्यसको एक एक प्रतिलिपि मालपोत कार्यालय र गाँउपालिका वा नगरपालिकाको कार्यालयलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) मा उल्लिखित सार्वजनिक जग्गा, पाटी, पौवा, सत्तल, पार्क, पोखरी, कुवा, गौचर, निकास इत्यादि नेपाल सरकारको पूर्व स्वीकृति नलिई कसैले आवाद गर्न वा आवाद गर्ने अनुमति दिनु हुँदैन । आवाद गरेमा वा गर्न अनुमति दिएमा सो गर्न वा गर्ने अनुमति दिने
व्यक्तिलाई बिगो बमोजिम जरिबाना वा तीन महिनासम्म कैद वा दुबै सजाय हुनेछ ।
(३) कुनै सार्वजनिक जग्गा, पाटी, पौवा, सत्तल, पार्क, पोखरी, कुवा, गौचर, निकास इत्यादि कसैले दर्ता गराएको रहेछ भने सो दर्ता बदर हुनेछ । सो बमोजिम दर्ता बदर गराउन कुनै हदम्याद हुने छैन ।