दफा
सार्वजनिक सवारी
(१) यातायात सेवा सञ्चालन गर्न दर्ताको प्रमाणपत्र प्राप्त सवारीलाई सार्वजनिक सवारी भनिनेछ ।
(२) सार्वजनिक सवारीलाई यात्रीबाहक र मालबाहक गरी जम्मा दुई किसिममा विभाजन गरिनेछ ।
(३) यात्रीबाहक सार्वजनिक सवारीलाई दिवा तथा रात्री सेवामा विभाजन गरी देहायका श्रेणीमा छुट्याई यातायात सेवा सञ्चालन गर्ने इजाजतपत्र दिइनेछः–
(क) सिधै (डाइरेक्ट) सेवा,
(ख) द्रूत (एक्सप्रेस) सेवा र
(ग) साधारण (लोकल) सेवा ।
(४) उपदफा (३) बमोजिम विभाजन गरिएका यात्रीबाहक सार्वजनिक सवारीको स्तर, गति तथा अन्य आवश्यक व्यवस्था तोकिएबमोजिम हुनेछ ।
(५) सार्वजनिक सवारीको पहिचानको लागि सो सवारीको अगाडि तथा पछाडि अनुसूची २ को खण्ड (क) मा लेखिएबमोजिम नम्बर प्लेट राख्नु पर्छ ।