दफा १९
सार्वजनिक सेवा प्रसारण संस्थाको कोष
(१) सार्वजनिक सेवा प्रसारण संस्थाको काम कारबाहीलाई प्रभावकारी रूपले सञ्चालन गर्न एक कोष रहनेछ।

(२) उपदफा (१) बमोजिमको कोषमा देहाय बमोजिमका रकम रहनेछन्‌:-

(क) नेपाल सरकारबाट प्राप्त अनुदान,

(ख) प्रदेश सरकार र स्थानीय तहबाट प्राप्त अनुदान,

(ग) विदेशी सरकार वा विदेशी संघ, संस्थाबाट प्राप्त रकम, र

(घ) सार्वजनिक सेवा प्रसारण संस्थाको आम्दानीबाट प्राप्त रकम।

(३) उपदफा (२). को खण्ड (ग) बमोजिमको रकम प्राप्त गर्नु अघि नेपाल सरकारको अर्थ मन्त्रालयको सहमति लिनु पर्नेछ।