दफा १२६
सार्वजनिक स्थानमा खाल्टो खन्दा साङ्केतिक चिन्ह राख्नु पर्ने
(१) कुनै पनि सार्वजनिक स्थानमा कुनै काम परी खाल्टो खन्दा नजिकको प्रहरी कार्यालयको पूर्व स्वीकृति लिनु पर्छ ।
(२) उपदफा (१) बमोजिम सार्वजनिक स्थानमा खाल्टो खन्ने स्वीकृति दिंदा सो स्थानमा दुर्घटना नहुने किसिमबाट साङ्केतिक चिन्ह राख्न लगाउनु पर्छ ।