दफा २९
सिफारिस समिति
(१) विश्वविद्यालय परिषद्ले कुलपतिको नियुक्तिका लागि कम्तीमा एकजना महिला रहने गरी देहाय बमोजिमको सिफारिस समिति गठन गर्नेछः-
(क) विश्वविधालय परिषद्ले
तोकेको विश्वविद्यालय
परिषद्को सदस्य - संयोजक
(ख) आयुर्वेद, योग, ध्यान वा
वैकल्पिक चिकित्साका क्षेत्रका
व्यक्तिहरू मध्येबाट विश्वविद्यालय
परिषद्द्वारा मनोनीत एकजना - सदस्य
(ग) विश्वविद्यालयको प्राध्यापकहरू वा
शिक्षा, व्यवस्थापन -वा शैक्षिक
प्रशासन सम्बद्ध व्यक्तिहरू मध्येबाट
विश्वविद्यालय परिषद्द्वारा
मनोनीत एकजना - सदस्य
(२) उपदफा (१) बमोजिमको सिफारिस समितिले कुलपति पदका लागि योग्यता पुगेको स्वदेशी वा विदेशी व्यक्तिले दरखास्त दिने प्रयोजनको लागि सार्वजनिक सूचना प्रकाशन गरी दरखास्त आह्वान गर्नु पर्नेछ।
(३) उपदफा (२) बमोजिम प्रकाशित सूचना बमोजिम दरखास्त पेश गरेका उम्मेदवारहरू मध्ये तीनदेखि सातजना सम्मका योग्य उम्मेदवारहरूको अल्पसूची तयार गरी त्यस्ता उम्मेदवारहरूलाई अन्तर्वार्ता र प्रस्तुतिको लागि आमन्त्रण गर्नु पर्नेछ।
(४) उपदफा (३) बमोजिम उम्मेदवारहरूको अन्तर्वार्ता र प्रस्तुतिको आधारमा सिफारिस समितिले सबैभन्दा योग्य एकजना उम्मेदवारको नाम कुलपतिको पदमा नियुक्तिको लागि विश्वविद्यालय परिषद्मा सिफारिस गर्नेछ।
(५) उपदफा (४) बमोजिम सिफारिस भएको व्यक्तिलाई अध्यक्षले पन्ध्र दिनभित्र कुलपति पदमा नियुक्ति गर्नु पर्नेछ।
(६) कुलपतिको नियुक्ति सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ।