नियम
सिसिट्िभि क्यामेरा जड्डान गर्न सकिने
(१) सार्वजनिक हित, सार्वजनिक सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण बा सार्वजनिक आवागमनलाई व्यवस्थित गर्न सङ्घ, प्रदेश वा स्थानीय तहका सरकारी कार्यालयले नजिकको प्रहरी कार्यालयसँग समेत समन्बय गरी सार्वजनिक स्थल बा सार्बजनिक सबारी साधनमा सिसिटिभि क्यामेरा जडान एवं सञ्चालन गर्न वा गराउन सक्नेछ।

(२) उपनियम (१) बमोजिम सिसिटिभि क्यामेरा जडान गरेको जानकारी सम्बन्धित : जिल्ला प्रशासन कार्यालयलाई दिनु पर्नेछ ।

(३) व्यापारिक वा व्यावसायिक कार्य हुने बैङ्क बा बित्तीय संस्था, सपिङ्ग मल, होटल, सेवा सेन्टर, मूल्यवान वस्तु तथा गरगहना व्यवसाय हुने स्थान, उद्योग, कलकारखाना वा यस्तै किसिमका अन्य व्यापारिक वा व्याबसायिक स्थलमा सिसिटिभि क्यामेरा जडान गर्न सकिनेछ।

(४) उपनियम (३) बमोजिम सिसिटिभि क्यामेरा जडान गर्न चाहने व्यक्ति बा संस्थाले अनुमतिको लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ । (9) उपनियम (४) बमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गरी सम्बन्धित जिल्ला: प्रशासन कार्यालयले अनुसूची-२ बमोजिमको ढाँचामा _ निवेदकलाई अनुमतिपत्र दिन सक्नेछ ।