नियम १७
सुनुवाई नरोकिने
ऐन वा यस नियमावली बमोजिम दर्ता भएका निवेदन वा उजुरी उपरको सुनुवाइमा अदालतले उपस्थितिकोलागि कुनै पक्षलाई सूचना जारी गरेकोमा सो पक्ष वा निजको कानून बमोजिमको प्रतिनिधि वा निजको कानून व्यवसायी उपस्थित नभएमा सोही कारणले मात्र मुद्दाको सुनुवाई रोकिने छैन ।