दफा १४
सुविधा भुक्तानी दिने
(१) कोषले सामाजिक सुरक्षा योजनामा सहभागी भएको योगदानकर्तालाई
सम्बन्धित सुरक्षा योजनामा तोकिए बमोजिमको सुविधाको भुक्तानी गर्नेछ ।
(२) उपदफा (१) बमोजिमको सुविधा प्राप्त गर्नु अगावै सुरक्षा योजनामा सहभागी भएको कुनै
योगदानकर्ताको मृत्यु भएमा वा प्रचलित कानूनमा तोकिएको अवधिसम्म पनि जीवित रहेको यकिन
नभएमा निजले पाउने सुविधा निजले कसैलाई इच्छाएको भए त्यस्तो इच्छाइएको व्यक्तिलाई र निजले
कसैलाई पनि इच्छाएको नभएमा निजको आश्रित परिवारलाई त्यस्तो सुविधा भुक्तानी गर्नुपर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम सुविधा भुक्तान गर्दा कोष मार्फत वा योगदान सङ्कलन गरेको
संस्था वा निकायमार्फत वा निजले सेवा सुविधा प्राप्त गरेको संस्थामार्फत वा समितिले तोकेको अन्य
उपयुक्त माध्यमबाट योगदानकर्ता वा निजको आश्रित परिवारले भुक्तानी पाउने गरी गर्नु पर्नेछ ।