दफा १८
सुविधा रोक्का राख्ने
(१) दफा १७ बमोजिम श्रम कार्यालयले दिएको आदेश बमोजिम सम्बन्धित प्रतिष्ठानले आवश्यक व्यवस्था नगरेमा श्रम कार्यालयले त्यस्तो प्रतिष्ठानलाई प्रचलित कानून बमोजिम दिइने सुविधा तोकिएको अवधिसम्मको लागि रोक्का गर्न सम्बन्धित
निकायलाई लेखी पठाउनु पर्नेछ ।
(२) कुनै प्रतिष्ठानको सम्बन्धमा श्रम कार्यालयबाट उपदफा (१) बमोजिम लेखी आएमा सम्बन्धित निकायले त्यस्तो प्रतिष्ठानले पाउने सुविधा रोक्का गरी त्यसको जानकारी
श्रम कार्यालयलाई दिनु पर्नेछ ।