दफा २१
सूचना तथा सञ्चार प्रविधि प्रयोगमा सुरक्षा एंव विश्वास प्रत्याभूति
१२.२१.१ प्रभावकारी कानूनी व्यवस्थामा आधारित साइवर अपराधको रोकथाम तथा अभिजनको प्रणालीको विकास गरिनेछ । साइवर अपराध रोकथाम तथा अनुसन्धान गर्न कानून कार्यान्वयन निकाय (Law Enforcement Agencies) हरुको क्षमता अभिवृद्धि गर्दै लगिनेछ ।

१२.२१.२ अनलाईन सुरक्षा प्रत्याभूत गर्न तथा तत्सम्बन्धी चेतना अभिवृद्धि गर्न व्यक्ति तथा व्यवसाय लक्षित कार्यक्रमहरु तर्जुमा गरी लागू गरिनेछ ।

१२.२१.३ सरकारी तालिम केन्द्रहरु संग समेतको सहकार्यमा उच्च स्तरको साइवर सुरक्षा चुनौति सामना गर्न एक वहत क्षमता अभिवृद्धि कार्यक्रम तर्जुमा गरी लागू गरिनेछ ।

१२.२१.४ उपयुक्त सरकारी संयन्त्रको मातहतमा एक साइवर सुरक्षा निकाय (Cyber Security Cell) स्थापना गर्दै साइवर आक्रमण पहिचान, रोकथाम, प्रतिरक्षा लगायतका आयामहरुको प्रभावकारी सम्बोधनहुने व्यवस्था मिलाइनेछ । यसै सन्दर्भमा सूचना तथा सञ्चार मन्त्रालयमा आपतकालीन कम्प्युटर उद्धार समुह (Computer Emergency Response Team) स्थापना गरी साइवर सुरक्षा सम्बन्धी चुनौतिहरु शिघ्र संम्बोधन गर्ने व्यवस्था मिलाइनेछ ।

१२.२१.५ सम्बन्धित शैक्षिक संस्थाहरुसंग समेतको सहकार्यमा साइवर सुरक्षाका क्षेत्रमा पर्याप्त जनशक्तिको विकास गरिनेछ ।

१२.२१.६ विशेषज्ञताको तालिम (Certified Specialist Training) मार्फत सूचना सुरक्षा विज्ञहरुको निरन्तर दक्षता अभिवृद्धिका कार्यक्रम लागू गरिनेछ ।

१२.२१.७ साइवर सुरक्षा शिक्षा प्रदान गरी समग्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगकर्तालाई सक्षम बनाउन विशेष कार्यक्रम तर्जूमा गरिनेछ ।

१२.२१.८ विद्युतीय कारोवार ऐन २०६३ मा उल्लेखित प्रावधान अनुरुप सूचना प्रविधि न्यायाधीकरण ( IT Tribunal) स्थापना गरिनेछ ।