दफा १
सूचना तथा सञ्चार प्रविधिमा पहुँच माध्यम तथा विषयवस्तु विकास
१२.१.१ विद्यालय, स्वास्थ्य संस्था तथा सार्वजनिक पुस्तकालय लगायतका सामुदायिक संस्थाहरुमा सूचना तथा सञ्चार प्रविधि सेवा विस्तार गरिनेछ ।
१२.१.२ प्रमुख सरोकारवालाहरु समेतको सहकार्यमा स्थानीय तथा मौलिक परम्परागत विषयवस्तु विकास तथा स्थानीय ज्ञान तथा सूचना संकलनलाई प्रोत्साहन गर्न विशेष कार्यक्रमहरु ल्याइनेछ । यसै सन्दर्भमा नेपालमा प्रचलनमा रहेका अन्य भाषा भाषी मार्फत पनि सूचना तथा सञ्चार प्रविधि सेवाको पहुँच विस्तार गर्न स्थानीय भाषामा कम्प्यूटिङ्ग गर्ने अवधारणालाई प्रवर्द्धन गरिनेछ ।
१२.१.३ राष्ट्रिय, सामुदायिक तथा स्थानीय स्तरमा हुने सूचना तथा सञ्चार प्रविधि सम्बन्धी गतिविधिहरुमा महिलाहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न विशेष पहल गरिनेछ ।
१२.१.४ इन्टरनेट उपभोक्ताहरुलाई सहज तथा प्रभावकारी तरिकाले विषयवस्तु मा पहुँच सुनिश्चित गर्न यथोचित नियामक व्यवस्था अवलम्वन गरी विषयवस्तु वितरण सञ्जाल हरुको स्थानीय उपस्थितिलाई प्रोत्साहन गरिनेछ ।
१२.१.५ इन्टरनेट सुशासन को क्षेत्रमा अन्तरराष्ट्रिय स्तरमा हुने गतिविधिहरुमा नेपालको अर्थपूर्ण सहभागिता तथा प्रतिनिधित्व सुनिश्चित गरिनेछ ।
यस अन्तर्गत IPV-6 अवलम्वन तथा अन्तर्राष्ट्रिय डोमेन नेम को कार्यान्वयन गरिनेछ ।