दफा २९ग
सूचना दिनु पर्ने
(१) भन्सार अधिकृतले दफा २९ख. बमोजिम शंका लागेको मुद्रा वा धारक विनिमेय अधिकारपत्रको विवरणको जानकारी वित्तीय जानकारी इकाई तथा कसूरको अनुसन्धान तहकिकात गर्ने सम्बन्धित निकाय वा अधिकारीलाई तत्काल दिनु पर्नेछ । (२) भन्सार विभागले दफा २९क. बमोजिम उद्घोषण गरेको मुद्रा तथा धारक विनिमेय अधिकारपत्र सम्बन्धी विवरण प्रत्येक महिना वित्तीय जानकारी इकाईलाई पठाउनु पर्नेछ ।