नियम ४
सूचना प्रकाशित गर्ने
(१) ऐनको दफा ५ को उपदफा (१) बमोजिमको सूचना स्थानीय पत्र–पत्रिका, गोरखापत्रमा प्रकाशित गर्नुपर्छ र सम्बन्धित ठेक्का बन्दोबस्त
गर्ने अड्डा, कार्यालय, विभाग, जिल्ला प्रशासन कार्यालय, माल अड्डा, भन्सार अड्डा तथा अरु आवश्यक मुख्य मुख्य ठाउँमा टाँस्नु पर्छ यस्तो सूचना रेडियो नेपालबाट पनि सकेसम्म प्रचार तथा प्रसार गराउनु वाञ्छनीय हुनेछ ।
(२) उपनियम (१) बमोजिम सूचनाको टेण्डर दिदा वा डाँक बढाबढ वा घटाघट गर्दा ठेक्का लिन चाहनेले पनि किस्ताबन्दी, गनि किस्ता वा गनि महसूल जुन शर्तमा लिने हो सो कुरा उल्लेख गर्नु पर्छ, सो कुरा उल्लेख नगरेमा किस्ताबन्दीमा ठेक्का लिन कबूल गरेको मानिनेछ ।
(३) उपनियम (१) बमोजिम सूचना प्रकाशित गर्दा र टाँस टास्दा ठेक्काको अवधि र सो ठेक्का प्रारम्भ हुने र अन्तिम हुने मिति उल्लेख गर्नुपर्छ ।