दफा ३३
सूचना, तथ्याङ्क तथा विवरण माग गर्न सक्ने
(१) बोर्डले अनुमतिपत्र प्राप्त संस्था वा कारोबारसँग सम्बन्धित व्यक्तिसँग कारोबार सम्बन्धी कुनै पनि सूचना, तथ्याङ्क वा विवरण माग गर्न सक्नेछ ।
(२) दफा ३२ बमोजिम निरीक्षण तथा सुपरिवेक्षणको सिलसिलामा आवश्यक देखेका कुनै पनि सूचना, तथ्याङ्क वा विवरण बोर्ड वा बोर्डबाट अधिकार प्राप्त व्यक्तिले सम्बन्धित अनुमतिपत्र प्राप्त संस्था वा व्यक्तिसँग माग गर्न सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम मागिएको सूचना, तथ्याङ्क वा विवरण उपलब्ध गराउनु सम्बन्धित अनुमतिपत्र प्राप्त संस्था वा व्यक्तिको कर्तव्य हुनेछ ।