दफा १०
सूचनाको अवधि र सोको समाप्तिबाट पर्ने असर
(१) यस ऐनबमोजिम दर्ता गरिएको सूचना दर्ता गरेको मितिले पाँच वर्षको अवधिसम्म बहाल रहनेछ । यसरी दर्ता गरिएको सूचनाको अवधि समाप्त हुनुअगावै निरन्तरताको विवरण दर्ता नगरिएमा त्यस्तो सूचना पाँच वर्षको अवधि समाप्त भएपछि मान्य हुने छैन । (२) दर्ताबिना नै धितोको हक परिपक्व भएकोमा बाहेक सूचना बहाल रहने समयावधि समाप्त भएपछि सूचना अमान्य हुनेछ र सो सूचनाबाट परिपक्व गराइएको धितोको हक अपरिपक्व हुनेछ । (३) सूचना बहाल रहने समयावधि समाप्त भएको कारणले कुनै धितोको हक अपरिपक्व भएमा त्यस्तो सूचना समाप्त हुनुभन्दा अघि वा पछि मूल्य तिरी धितोको सम्पत्ति प्राप्त गर्ने व्यक्तिका बिरुद्ध धितोको हक कुनै पनि अवस्थामा परिपक्व भएको मानिने छैन ।