दफा ११
सूचनामा उल्लिखित धितो दिने व्यक्तिको नाम
(१) यस ऐनबमोजिम दर्ता गरिएको प्रारम्भिक सूचना वा संशोधनको सूचनामा जसको नाम धितो लिने व्यक्ति वा निजको प्रतिनिधि भनी जनिएको छ त्यस्तो व्यक्तिलाई सो सूचनामा उल्लिखित धितो लिने व्यक्ति भनिनेछ । (२) संशोधनको सूचनाद्वारा उपदफा (१) बमोजिमको धितो लिने व्यक्तिलाई नाम संशोधन गरी नहटाएसम्म त्यस्तो व्यक्ति नै धितो लिने व्यक्तिको रुपमा कायम रहिरहनेछ ।