नियम १८
सूचित बीउ बिजनको निकासी वा पैठारी

(१) कसैले यस नियमावली बमोजिम सूचित बीउ बिजनको निकासी तथा पैठारी गर्न चाहेमा पाँचसय रुपैयाँ दस्तुर तिरी अनुसूची–६ बमोजिमको ढाँचामा केन्द्रमा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदनमा केन्द्रले सूचित बीउ बिजन निकासी वा पैठारी गर्न उपयुक्त छ छैन जाँचबुझ गरी उपयुक्त देखिएमा अनुसूची–७ बमोजिमको
ढाँचामा अनुमति दिनेछ ।
(३) सूचित बीउ बिजनको निकासी वा पैठारी गर्दा अनुसूची–८ बमोजिमको विवरण समितिलाई उपलब्ध गराउनु पर्नेछ ।
(४) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपालमा प्राकृतिक प्रकोप परेको अवस्थामा वा पैठारी गरिने बीउ बिजनको कारणले मानव, पशु,
पन्छी तथा बिरुवाको स्वास्थ्य वा धार्मिक, साँस्कृतिक तथा वातावरणमा प्रतिकूल प्रभाव पार्ने देखिएमा त्यस्ता बीउ बिजनको पैठारी गर्नु पर्दा समितिको स्वीकृति लिनु पर्नेछ ।