दफा १४
सेवा आयोग

(१) विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरूको नियुक्ति तथा बढुवाको सिफारिश गर्न देहाय बमोजिमको एक सेवा आयोग हुनेछः–

(क) कुलपतिबाट नियुक्त व्यक्ति अध्यक्ष

(ख) सदस्य, लोकसेवा आयोग सदस्य

(ग) प्राध्यापकहरू मध्येबाट एकजना सदस्य

(२) उपदफा (१) को खण्ड (क) र (ग) बमोजिमका अध्यक्ष र सदस्यको नियुक्ति कार्यकारी परिषद्को सिफारिशमा कुलपतिबाट हुनेछ ।

(३) उपदफा (२) बमोजिम नियुक्त अध्यक्ष र सदस्यको पदावधि चार वर्षको ुनेछ ।

(४) सेवा आयोगको बैठक सम्बन्धी कार्यविधि सेवा आयोग आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

(५) सेवा आयोगले शिक्षकको नियुक्ति तथा बढुवाको लागि सिफारिश गर्दा प्राज्ञिक क्षमता र अनुभवलाई र कर्मचारीको नियुक्ति तथा बढुवाको लागि सिफारिश गर्दा प्रशासनिक दक्षता र अनुभवलाई मुख्य आधार बनाउनेछ ।

(६) सेवा आयोगको अन्य काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।

(७) सेवा आयोगको अध्यक्ष तथा सदस्यहरूको काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।

(८) सेवा आयोगको अध्यक्षको पारिश्रमिक र सुविधा तोकिएबमोजिम हुनेछ ।