दफा ९क
सेवा आयोग

(१) विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरूको नियुक्ति तथा बढुवाको लागि कार्यकारी परिषद् समक्ष सिफारिस गर्न देहायका सदस्यहरू भएको एक सेवा आयोग गठन हुनेछः–

(क) कुलपतिबाट नियुक्त व्यक्ति – अध्यक्ष

(ख) सदस्य, लोकसेवा आयोग – सदस्य

(ग) प्राध्यापकहरूमध्येबाट एकजना – सदस्य

(२) उपदफा (१) को खण्ड (क) र (ग) बमोजिमका अध्यक्ष र सदस्यको नियुक्तिको लागि सिफारिस गर्न कुलपतिबाट सहकुलपतिको अध्यक्षतामा सभाका दुईजना सदस्यहरू रहेको एक समिति गठन हुनेछ र सो समितिको सिफारिसमा कुलपतिबाट अध्यक्ष र सदस्यको नियुक्ति हुनेछ ।

(३) उपदफा (२) बमोजिम नियुक्त अध्यक्ष र सदस्यको पदावधि तीन वर्षको हुनेछ ।

(४) सेवा आयोगको अन्य काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्धी कार्यविधि तोकिएबमोजिम हुनेछ ।

(५) सेवा आयोगको अध्यक्षको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तहरू तथा सदस्यको सुविधा तोकिएबमोजिम हुनेछ ।