दफा ४१
सेवा उपलब्ध गराउनु पर्ने
(१) अनुमतिपत्र प्राप्त व्यक्तिले दूरसञ्चार सेवा प्रदान गर्नको निमित्त ग्राहकसंग धरौटी लिएकोमा धरौटी लिएको छ महिनाभित्र दूरसञ्चार सेवा उपलब्ध गराउनु पर्नेछ र सो अवधिभित्र सेवा उपलब्ध गराउन नसकेमा धरौटी प्राप्त गरेको मितिदेखि सयकडा दशका दरले ग्राहकलाई ब्याज दिनु पर्नेछ ।
तर धरौटी प्राप्त गरेको एक वर्षभित्र सेवा उपलब्ध गराइसक्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम ग्राहकलाई दिनु पर्ने ब्याज ग्राहकले उपभोग गरेको दूरसञ्चार सेवा शुल्कमा कट्टा गर्न सकिनेछ ।
तर धरौटी प्राप्त गरेको एक वर्षभित्र सेवा उपलब्ध गराइसक्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम ग्राहकलाई दिनु पर्ने ब्याज ग्राहकले उपभोग गरेको दूरसञ्चार सेवा शुल्कमा कट्टा गर्न सकिनेछ ।